Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल हाईड्रोले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, नगद तथा बोनस शेयर प्रस्ताव

नेपाल हाईड्रोले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, नगद तथा बोनस शेयर प्रस्ताव

अर्थ प्लस
नेपाल हाईड्रोले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, नगद तथा बोनस शेयर प्रस्ताव

काठमाडौं, असार १५ । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले  एकैपटक १८ औं तथा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ६ गते आइतबार  विहान ११ र दिनको १२ बजे रुपन्देहीको बुटवल उप-महानगरपालिकास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको हो ।

१८औं सभा अन्तरगत आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात तथा आव२०७८/ ०७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको बिवरण,लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ।यसैगरी,सभाले चुक्तापूँजीको ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत समेतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी,सोही दिन हुने १९ औं सभाले  सभाको वैधानिकता बारे छलफल गर्दै आव २०७९/ ८० को सञ्चालक समितिको प्रतिवेदन,२०८० असार मसान्तको वासलात तथा आव२०७९/८० को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्ने छ  ।साथै  सभाले लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने  प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, सभाले १०.५३  प्रतिशत नगद लाभांश  वितरण तथा  १० प्रतिशत बोनस शेयर प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर जारी गर्दा कम्पनीको चुक्तापूँजी बढाउन पूँजी वृद्धि गर्नुपर्ने भएकोले प्रबन्धपत्रको दफा ५ (क), ५ (ख) र नियमावलिको नियम ५ (क), ५ (ख) मा संशोधन गरि पूँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित समाचार