Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपाल फाइनान्सको आज पनि सर्वाधिक कारोबार, हाइड्रो कम्पनीहरुको शेयरमूल्य वृद्धि

नेपाल फाइनान्सको आज पनि सर्वाधिक कारोबार, हाइड्रो कम्पनीहरुको शेयरमूल्य वृद्धि

अर्थ प्लस
नेपाल फाइनान्सको आज पनि सर्वाधिक कारोबार, हाइड्रो कम्पनीहरुको शेयरमूल्य वृद्धि

काठमाडौं, असार १७ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३.३८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आइतबारको तुलनामा कारोबार समेत वृद्धि भएको छ । सोमबार कारोबार भएका ३२३ वटा कम्पनीहरुमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य वृद्धि र ६० वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

आज पनि नेपाल फाइनान्सको १९ करोड १३ लाख रुपैयाँका दरले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड रुपैयाँ, जानकी फाइनान्सको नौ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

सोमबार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ९.७४ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ । त्यस्तै, दोर्दी खोला हाइड्रोपावरको ८.४७ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ ।

सम्बन्धित समाचार