Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, तत्काल कांग्रेस एमालेको सरकार नबन्ने

प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, तत्काल कांग्रेस एमालेको सरकार नबन्ने

अर्थ प्लस
प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, तत्काल कांग्रेस एमालेको सरकार नबन्ने

काठमाडौँ, असार १८ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने निर्णय गरेसँगै तत्कालै नयाँ सरकार बन्ने सम्भावना हुँदैन ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय गरेसँगै नयाँ सरकार बनाउने सहमति गरेका दलहरु अप्ठेरोमा पर्ने भएका छन् । हिजो मध्यराति कांग्रेस र एमालेले नयाँ सत्ता गठबन्धन बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । संविधान अनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्री प्रचण्ड तत्कालै राजिनामा गर्न बाध्य हुँदैनन् । ३० दिनभित्र विश्वासको मत लिन नसकेमा मात्रै पदमुक्त हुनेछन् ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री तथा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले अर्थ प्लसलाई जानकारी दिए ।

सम्बन्धित समाचार