Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्दै, कस्तो पर्ला असर ?

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्दै, कस्तो पर्ला असर ?

अर्थ प्लस
धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्दै, कस्तो पर्ला असर ?

काठमाडौँ, असार १८ । धितोत्रप बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार संस्थाहरुको शेयर हिस्सा घट्दै गएको र अन्य जलविद्युत समूहको हिस्सा बढ्दै गएको देखिन्छ। राष्ट्र बैंकका अनुुसार हाल बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा ५८.४ प्रतिशत छ । यसअघि आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाको हिस्सा ६७.४ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ६४ प्रतिशतमा खुम्चिएको छ ।

जसमा वाणिज्य बैंकको हाल पूँबजारमा शेयर हिस्सा २५.७ प्रतिशत छ । आव २०७७/०७८ मा ३५ प्रतिशत र त्योभन्दा अघि ३६.८प्रतिशत हिस्सा थियो । विकास बैंक समूहको भने शेयर हिस्सा विस्तारै बढ्दै गएको तथ्यांकमा देखिन्छ।

विकास बैंकको शेयर हिस्सा अहिले ४.८ प्रतिशत पुगेको छ । यस अघिको दुई आर्थिक वर्षमा ४.५ प्रतिशत र ४.६ प्रतिशत थियो ।

त्यस्तै वित्त समूहको शेयर हिस्सा पनि सामान्य बढेको देखिन्छ । हाल यस समूहको पूँजीबजारमा शेयर हिस्सा २.२ प्रतिशत छ । यस अघिको दुई आर्थिक वर्षमा यस समूहको शेयर हिस्सा  क्रमश : १.७ र १.८ थियो ।

त्यस्तै  लघुवित्त समूहको पनि धितोपत्र बजारमा शेयर हिस्सा घट्दै गएको छ । यस समूहको हालको  हिस्सा १० प्रतिशत छ । यसका अघिका दुई आर्थिक वर्षमा १०.७ प्रतिशत थियो । आव २०७८/०७९ मा घटेर ९.२ प्रतिशतमा झरेको थियो । बीमा समूहको शेयर हिस्सा भने बढ्दै गएको छ । हाल यस समूहको शेयर हिस्सा १५.७ प्रतिशत  छ । दुई आर्थिक वर्षमा १३.७ र १३. ६ प्रतिशत थियो ।

त्यस्तै पछिल्लो समय उत्पादनमूलक समूह, होटल समूह,ट्रेडिङ समूह, लगानीगत समूह,जलविद्युत र अन्य समूहको शेयर हिस्सा बढ्दै गएको छ । उत्पादन मूलक समूहको ६.८ प्रतिशत, होटलको समूहको २.९, ट्रेडिङ समूहको ०.५, लगानी समूहको ७.३, जलविद्युतको १४.४ र अन्यको ९.८ प्रतिशत छ ।

यसअघि समूहको शेयर हिस्सामा जलविद्युत समूहको  १०.५ प्रतिशत, अघिल्लो वर्ष १३.८ प्रतिशत थियो ।त्यस्तै,उत्पादनमूलक समूहको पनि ४ प्रतिशत हुँदै अघिल्लो वर्ष ४.५ प्रतिशतबाट बढेको छ । लगानीग समूहको यसअघि दुई  आर्थिक वर्षमै ७ प्रतिशत थियो । त्यस्तै ट्रेडिङ समूहको ०.३ प्रतिशत अघिल्लो वर्षमा आइपुग्दा ०.५ प्रतिशत प्रतिशत पुगेको हो ।

 किन घट्दै छ  बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा ?

 लगानीकर्ता देव गुराँगाईले पूँजीबजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्नुको  मुख्य कारण बैंक तथा वित्तीय संस्था मर्जर हुँदै जानु र जलविद्युत लगायतका कम्पनीको सार्वजनिक निष्कासनमार्फत पूँजी थपिदै जानलाई प्रमुख कारण मानेका छन् । 

उनले भने,‘ अहिले बैंक तथा वित्तीय संस्थाको घट्दो गतिमा छ भने जलविद्युतलगायतका कम्पनीको शेयर हिस्सा बढ्दो गतिमा छ, जसले गर्दा यस्तो देखिएको हो ।’

लघुवित्त, वित्त कम्पनीको शेयर हिस्सा विस्तारै घट्दै छ । यहि क्रम जारी रहेमा आगामी  पाँच/ सात वर्षमा बैंक तथा वित्तीय संस्थाको पूँजीको हिस्सालाई जित्ने उनको भनाइ छ ।

 

सम्बन्धित समाचार