Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ, असार १९ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई चितवनको रत्ननगर–०१, टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधराणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार