Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अस्पतालमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सले दियो उपचार खर्च

अस्पतालमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सले दियो उपचार खर्च

अर्थ प्लस
अस्पतालमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सले दियो उपचार खर्च

काठमाडौँ, असार २३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचारका निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।

रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाण्डौँमा स्थायी बसोवास गर्ने कुनमाया श्रेष्ठ लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो । उनले २ वर्ष अघी एजेन्सी रेशमलाल श्रेष्ठ मार्फत बीमा गराएको थिइन । कार्यक्रमा कम्पनीका सि.एजेन्सी मेनेजर गिता रायमाझी तथा एजेन्सी मेनेजर हिरा कुमारी योञ्जन , शर्मिला टण्डन लगायतको उपस्थिती रहेको थियो ।

श्रेष्ठले आफु उपचाररत रहेको बेला बेडमै ल्याएर उपचार खर्च उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिइन् । भने सि. एजेन्सी मेनेजर गिता रायमाझीले अफ्रयारो परेको बेला उपचार खर्च मार्फत मलम लगाउन पाएकोमा खुसी लागेको बताउदै बिरामी कुनुमाया श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरे ।

 

सम्बन्धित समाचार