Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दैै सरकार

२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दैै सरकार

अर्थ प्लस
२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दैै सरकार

काठमाडौँ, असार २४ । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अर्थात् असार २४ गते दिउँसो ३ बजे बोलकबोल हुँदैछ ।

कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ ।

साथै, कार्यालयले १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

सम्बन्धित समाचार