Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने

अर्थ प्लस
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने

काठमाडौँ, असार २५ । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ ।

बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।

सम्बन्धित समाचार