Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर

बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर

अर्थ प्लस
बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर

काठमाडौँ, असार २५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको ठोस डिमाण्ड नभएको बताएका छन् । । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्युन भएको उल्लेख गरे ।

माग कतै छ भने पनि उत्पादित क्षेत्रहरुमा कमै छ । अहिले अर्थतन्त्रमा रहेको एक खालको चुनौतीकाबीच मौद्रिक नीति बनाउन बसेका छौं । कसिलो मौद्रिक नीतिलाई लचिलो मौद्रिक नीति बनाइसकेका छौं । दक्षिण एशियामा नेपालको पोलिसी रेट कम छ । पाकिस्तानको २० प्रतिशत हुँदा हाम्रो ५।५ प्रतिशत छ’ गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीको लागि सबैको समन्वय आवश्यक रहेको बताए । उनले दक्षिण एसियामा नेपालको पोलिसी रेट कम रहेको पनि बताए । अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिले पनि भूमिका रहने उनले उल्लेख गरे ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए ।

उनले बजेटमा उल्लेखित नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति आउनुपर्ने धारणा राखे ।

६ प्रतिशतको आर्थिक वृद्धि र ५।५ प्रतिशतको मुद्रास्फिती कायम गर्नेगरी मौद्रिक नीति आउने विश्वास पनि उनले व्यक्त गरे ।

सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हुने सबैले स्वीकार गरेकाले मौद्रिक नीतिले आर्थिक वृद्धिको सरकारी लक्ष्य हासिल गर्न प्लेइङ फिल्ड तयार पारिदिनुपर्ने उनको धारणा थियो ।

सम्बन्धित समाचार