Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

अर्थ प्लस
१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

काठमाडौँ, असार २८ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ ।

बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न खोज्दा पनि बिक्री नभएपछि पटकपटक मूल्य घटाउने क्रममा अब न्यूनतम १५० रुपैयाँमै लिलामीमा चढाइएको छ । यसअघि प्रतिकित्ता २१० रुपैयाँमा शेयर बिक्री नभएपछि मूल्य घटाएर १६२ रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याइएको थियो । तर प्रतिकित्ता १६२ रुपैयाँमा पनि शेयर बिक्री हुन नसकेपछि १२ रुपैयाँले पुनः मूल्य घटाएर न्यूनतम १५० रुपैयाँमा शेयर बिक्रीमा राखिएको छ ।

यो शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्था जो कोहीले खरीद गर्न पाउनेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरीद गर्न इच्छुक व्यक्तिले काठमाडौंको थापाथलीस्थित बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय, विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखामा बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ । बोलपत्र आज असार २८ गतेदेखि साउन ३ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

 

सम्बन्धित समाचार