Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नागरिक लगानी कोषको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

नागरिक लगानी कोषको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

अर्थ प्लस
नागरिक लगानी कोषको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौँ, असार ३० । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा भोलि असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभाले कोषको गत आर्थिक वर्ष (आव) को आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते नै बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।

सम्बन्धित समाचार