Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मौद्रिक नीति फाइनल गर्न शुक्रबार बिहान राष्ट्र बैंकमा सञ्चालकलाई बोलाइयो, सेयर कर्जाको सीमा परिमार्जन

मौद्रिक नीति फाइनल गर्न शुक्रबार बिहान राष्ट्र बैंकमा सञ्चालकलाई बोलाइयो, सेयर कर्जाको सीमा परिमार्जन

अर्थ प्लस
मौद्रिक नीति फाइनल गर्न शुक्रबार बिहान राष्ट्र बैंकमा सञ्चालकलाई बोलाइयो, सेयर कर्जाको सीमा परिमार्जन

काठमाडौँ, साउन ३ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न अन्तिम तयारी सकेको छ। मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिबाट पास गराएर शुक्रबार बिहान साढे ८ बजे सञ्चालक समिति बैठक बोलाइएको छ।

मौद्रिक नीतिको निर्माण गर्ने जिम्मेवारी पाएको आर्थिक अनुसन्धान विभागले व्यवस्थापन समितिमा मस्यौदा गत बुधबार नै बुझाइ सकेको थियो। मस्यौदा व्यवस्थापन समितिले आज साँझसम्म छलफल गरी पारित गरेको हो। व्यवस्थापन समितिले पारित गरेको मौद्रिक नीतिको मस्यौदामा छलफलका लागि सञ्चालकलाई भोलि बिहान साढे ८ बजे बोलाइएको राष्ट्र बैंकका उच्च अधिकारीले जानकारी दिए।
 
‘बिहान साढे ८ बजे मुख्य एजेन्डामा मौद्रिक नीति तर्जुमामा छलफल राखेर सञ्चालकहरूलाई बोलाएका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘राखिएका सबै एजेन्डामा छलफल भए बैठक सकिन ११/१२ नै बज्ने देखिन्छ, अनि मौद्रिक नीति सार्वजनिक होला।’

सञ्चालक समितिले पारित गरेको नयाँ मौद्रिक नीति सम्भवतः भोली दिउँसो सार्वजनिक हुनेछ। नयाँ मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारीले अधिक लचकता अपनाएको स्रोतको भनाइ छ।
 
‘कार्यकाल दोहोर्‍याउन उहाँले सरकारलाई खुसी बनाउनुपर्ने छ, त्यसैले सेयर बजारमा लगानीकर्ताले देखेका बाधा फकाउन गभर्नर तयार हुनु भएको छ,’ स्रोतले भन्यो।

उनका अनुसार नयाँ मौद्रिक नीतिले सेयर कर्जाको सीमादेखि जोखिम भारित औसतलाई सम्बोधन गर्ने, सेयर धितो कर्जाको व्यवस्थामा परिमार्जन तथा पुनरावलोकन गर्नेछ। नयाँ सरकार फेरिएसँगै मौद्रिक नीतिमा पनि लचकता अपनाउन लागिएको स्रोतको भनाइ छ। 

दोहोर्‍याएर गभर्नर हुने आशय पालेका अधिकारीले उत्पादन मूलक क्षेत्रलाई विशेष प्राथमिकता दिने र अन्य क्षेत्रलाई पनि रुष्ट नबनाउने रणनीति लिन लागेका हुन्। गभर्नर अधिकारीले एमाले सरकारलाई सहयोग गर्ने गरी लोकप्रिय मौद्रिक नीति ल्याउने संकेत गरेका छन्। 

 

सम्बन्धित समाचार