Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
समाचार

आज आइतबारको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज आइतबारको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज आइतबारको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौ, ७ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

सम्बन्धित समाचार