Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा

गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा

अर्थ प्लस
गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा

काठमाडौँ, साउन ४ । गणपति लघुवित्त वित्तीय संस्थाका तीन जना पूर्वकर्मचारीहरूलाई आर्थिक हिनामिना गरेको खुलासा भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक सिनामिना गर्ने ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

कम्पनीले पूर्वकर्मचारी दिपक कुमार यादव, दुर्गा प्रसाद पण्डित र देव कुमार मगरलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम दिएको छ । उनीहरु तीनै जनाले संस्थामा कार्यरत हुँदा आर्थिक हिनामिना गरेको लघुवित्तले जनाएको छ । आर्थिक हिनामिना गरेको रकम भुक्तानी गर्न पटक–पटक विभिन्न माध्यमबाट ताकेतालाई उनीहरुले अटेर गर्दै आइरहेका थिए ।

अबको ३५ दिन भित्रको अवधिमा रकम भुक्तानी गर्न नआए कानुनी प्रक्रियामा जाने लघुवित्तले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार