Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक

शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक

अर्थ प्लस
शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक

काठमाडौँ, साउन ६ । शेयर बजारमा निरन्तर रौनक देखिएको छ । बजार निरन्तर उचाई तिर लम्किदै जाँदा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा सरकार बनेदेखि बजारमा उत्साह आएको छ ।

आज प्रधानमन्त्री ओलिले संसदमा नै अर्थतन्त्रको ऐना शेयर बजार हरियो भइरहेको बताएका छन् । प्रधानमन्त्री तहबाटै भएको अभिब्यक्तिले लगानीकर्ताको मनोबल उच्च भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनले पनि लगानीकर्तामा विश्वासको माहोल सिर्जना भएको छ ।

मौद्रिक नीति समेत लचिलो आउने आम लगानीकर्ताको विश्वास भएको छ । जसले गर्दा परिसूचक र कारोबारले नयाँ रेकर्ड बनाउँदै लगि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.८६ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार