काठमाडौँ, साउन ९ । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग भएको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
कम्पनीले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत उल्लेख गरी पाँच दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो ।
पेश हुन आएको शिलबन्दी दरभाउ पत्रको मान्य अवधि कम्तिमा एक महिनाको हुनुपर्ने कम्पनीले बताएको छ ।
