Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

१५ वर्ष विदेशमा उडान भरेर ६ बर्षअघि नेपाल ल्याएको सौर्य एयरलाइन्सको जहाज २१ बर्षमा दुर्घटना

१५ वर्ष विदेशमा उडान भरेर ६ बर्षअघि नेपाल ल्याएको सौर्य एयरलाइन्सको जहाज २१ बर्षमा दुर्घटना

अर्थ प्लस
१५ वर्ष विदेशमा उडान भरेर ६ बर्षअघि नेपाल ल्याएको सौर्य एयरलाइन्सको जहाज २१ बर्षमा दुर्घटना

काठमाडौँ, साउन ९ । बुधबार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १९ जनामध्ये १८ को मृत्यु भएको छ। पाईलट मनिष शाक्यको हाल केएमसी मेडिकल कलेजमा उपचार भईरहेको छ ।२ वर्षदेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल लाने क्रममा दुर्घटना परेको हो । उक्त विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारीहरु नै धेरै परेका छन् ।

बुधबार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज १५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको पाईएको छ ।

२१ वर्षदेखि निरन्तर उडान गरिरहेको विमानमा समस्या यसअघि पनि नआएको भने हैन । जहाज उडान योग्य अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिरकणले स्पष्ट पारिरहेको छ।सौर्य एयरलाइन्सको जहाज मर्मत गर्ने ह्याङ्गर पोखरामा छ। पोखरामा नै इन्जिन बाहेकको सबै जाँच (सीचेक) गर्ने गरी जाँदै गरेले उक्त जहाजले बुधबार व्यवसायीक उडान गरेको होइन।

बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो। सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो।

जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो। एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो।

करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो। मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो। सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो। सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो।

 

सम्बन्धित समाचार