काठमाडौँ, साउन ११ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति लचिलाे ल्याएकाे बताएका छन् । अहिले देखिएकाे अर्थतन्त्रलाइ चलायमान बनाउनेगरी नीति ल्याएकाे उनकाे भनाइ छ ।
उनले निर्माणमैत्री बनाउन खोजेको बताए । उनले भने,‘ शेयर सीमा कर्जामा संस्थाको हटाइए पनि व्यक्तिगत कर्जा कायम राखेका छौं, शेयर बजारमा लगानीकर्ताहरुले व्यालेन्समा लगानी गर्नुहुन्छ भन्ने लाग्छ ।’
