Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

अर्थ प्लस
मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

काठमाडौँ, साउन १३ । जगदम्बा इन्टरप्राइजेज प्राइभेटले एक वर्षको अवधिमा साढे १५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२।०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०२१।०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ र सन् २०२०।०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । जगदम्बा इन्टरप्राइजेज एक प्राइभेट लिमिटेड कम्पनीको रुपमा २००१ को मार्च २९ मा सुरु भएको थियो । पर्सा जिल्लाको जितपुरमा कम्पनीको ब्ल्याक एन्ड गेल्भनाइज्ड पाइप निर्माणको उद्योग सञ्चालित छ । यस कम्पनीले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ ।

कम्पनीले जम्मा १५ अर्ब ८० करोड ६६ लाख कर्जाको लागि रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाको रुपमा १ अर्ब ८८ करोड ६६ लाख र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोडको रेटिङ पाएको छ ।

कम्पनीले डण्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनैनटलगात अन्य विभिन्न स्टिलका पोल उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचार