Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

न्यूरोडको हुकुट स्टोरमा एकदिने टेक सेल हुँदै, यस्ता छन् अफर

न्यूरोडको हुकुट स्टोरमा एकदिने टेक सेल हुँदै, यस्ता छन् अफर

अर्थ प्लस
न्यूरोडको हुकुट स्टोरमा एकदिने टेक सेल हुँदै, यस्ता छन् अफर

काठमाडौं, साउन १५ उपकरण ब्राण्ड प्रोमेटले काठमाडौंमा उत्साहजनक प्राविधिक कार्यक्रम प्रोमेट मेला २०२४ आयोजना गर्ने भएको छ ।  

यो एकदिने कार्यक्रमबाट आयोजकले विशेष अफर र छूटहरूमा फाइदा उठाउन चाहने धेरै प्राविधिकलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । प्रोमेटले उत्कृष्ट एक्सचेन्ज अफर र छूटहरू जस्ता विशेष योजनाहरु आयोजना गर्दैछ ।    

 उक्त मेला काठमाडौंको न्यूरोडमा रहेको हुकुट स्टोरमा बिहान १० बजेबाट शुरु हुनेछ । मेलामापुराना इयरवड्ससँग प्रोमेट लिमाइयर वड्स साट्ने सकिने छ । जसमा विभिन्न प्रोमेटका उत्पादन लाइनहरूमा ५० प्रतिशतसम्मको विशेष छूटहरू पनि छन् ।  

यस्ता छन् अफरहरूः

प्रोमेट लिमाइयरवड्स एक्सचेन्जः

यो विशेष अफरमा प्रोमेटले ग्राहकहरूलाई आफ्नो पुराना इयरवड्सहरू एक्सचेन्ज गरी प्रोमेट लिमा इयरवड्स प्राप्त गर्ने मौका दिनेछ । सामान्यतया  ४ हजार ४९९ रुपैयाँमा बिक्री हुने इयरवड्सहरू मेलामा १ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

चार्जिंग सेट बोनान्जाः

मेलाको अर्को आकर्षण भनेको प्रोमेट चार्जिंग सेट हो । जुन सामान्यतया ३ हजार ५०० रुपैयाँमा बिक्री हुने सेट १ हजार ५०० रुपैयाँमा उपलब्ध हुनेछ ।  

लाइनअपमा ५० प्रतिशत छूट ः

प्रोमेटले आफ्नो उत्पादनहरूको विस्तृत श्रृंखलामा ५० प्रतिशत छूट दिनेछ । जसमा पावर बैंकहरू, ब्लुटुथ स्पिकरहरू, फोन केसहरू र स्मार्टवाचहरू समावेश छन् ।  

 

सम्बन्धित समाचार