काठमाडौँ, साउन २९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शेयर बजारप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई जुवाघरको संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रसाईँले पुँजी बजार साना लगानीकर्ताका लागि असुरक्षित भएको दाबी गरेका ह्ुन्।
उनका अनुसार, शेयर बजारमा जित्नेहरू सधैं जुवा खेलाउनेहरू मात्र हुने बताउँदै, साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित नहुने उल्लेख गरेका छन्। प्रसाईँले बजारमा सीमित व्यक्तिहरुको चलखेल हुने आरोप लगाउँदै ठूला माफियाले करोडौं कमाउने र साना लगानीकर्ताले भने सधैं घाटा व्यहोर्ने तर्क गरेका छन्। उनले लेखेका छन्, शेयर बजारमा सीमित तस्कर, मारवाडी, सरकार, मिडिया र केही स्वघोषित अभियन्ताहरूको चलखेल हुन्छ, बाँकी लाखौं जनता मात्र बजारमा भाग्यको खेल खेल्दैछन्।
