काठमाडौँ, साउन ३० । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले साउन ३० गते बुधबार पनि ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट उक्त परिमाणको रकम तान्न लागेको हो। यसका लागि अपराह्न ३ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।
केहिदिन अघि पनि केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट रकम तानेको थियो ।बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार हाल बैैंकिङ प्रणालीमा ६४ खर्ब १४ अर्ब निक्षेप छ ।वाणिज्य बैंकहरुमा मात्रै ५६ खर्ब ८७ अर्ब निक्षेप छ ।२१ दिन अवधिको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ १९ गते गरिने पनि सूचनामा उल्लेख छ ।
