Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री खड्का

उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री खड्का

अर्थ प्लस
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री खड्का

काठमाडौं, १ भदौ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था रहेको बताउँदै विद्युत प्राधिकरणले अन्तिम निर्णायमा लाइन नै काटेको आरोप लगाए। 

जो सुकैले पनि विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्ने उनको भनाइ छ। 

उनले अन्य काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेको बताए। तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनले सुनाए। 

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए। 

यस्तै, ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए। 

उनले विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे।

सम्बन्धित समाचार