Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बैंकिङ प्रणालीबाट आज एकैपटक १ खर्ब तरलता उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज एकैपटक १ खर्ब तरलता उठाउँदै राष्ट्र बैंक

अर्थ प्लस
बैंकिङ प्रणालीबाट आज एकैपटक १ खर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं, भदौ २। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २ गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार