Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

एक महिनामा १ लाख २० हजार ऋणीलाई १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा

एक महिनामा १ लाख २० हजार ऋणीलाई १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा

अर्थ प्लस
एक महिनामा १ लाख २० हजार ऋणीलाई १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौं, भदौ २ । गत आर्थिक वर्षको असार महिनामा सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढेको छ । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह हुने सहुलियतपूर्ण कर्जामा  असार मसान्तसम्म १ लाख २० हजार २७४ ऋणीलाई प्रवाह भएको १खर्ब २६ अर्व ८२ करोड कर्जा वक्यौता रहेको छ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा रहेको छ भने महिला ८ उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई प्रवाह भएको  ३८ अर्ब २९ करोड कर्जा रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड कर्जा बक्यौता रहेको  राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार