Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन लाइफ इन्स्योरेन्सको १.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको १.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
हिमालयन लाइफ इन्स्योरेन्सको १.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, भदौ १३ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार