Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन बीमा कम्पनीको साढे ४२ प्रतिशत व्यापार बागमती प्रदेशमा अन्य प्रदेशमा कति ?

जीवन बीमा कम्पनीको साढे ४२ प्रतिशत व्यापार बागमती प्रदेशमा अन्य प्रदेशमा कति ?

अर्थ प्लस
जीवन बीमा कम्पनीको साढे ४२ प्रतिशत व्यापार बागमती प्रदेशमा अन्य प्रदेशमा कति ?

काठमाडौँ , भदौ २७ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा जीवन बीमकले साढे १८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले साउनमा १८ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। कुल व्यापारको ४२.६० प्रतिशत हिस्सा बागमतीमा देखिएको छ। बागमतीबाट कम्पनीहरुले ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

जीवन बीमाको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीबाट कम्पनीहरुले २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यवसायको १५.२२ प्रतिशत हिस्सा हो।

तेस्रोमा कोशी प्रदेश रहेको छ। कोशीबाट बीमा कम्पनीहरुले २ अर्ब ४९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यवसायमा कोशी प्रदेशको हिस्सा १३.४१ प्रतिशत रहेको छ।

यसैगरी बीमकहरुले गण्डकी प्रदेशबाट २ अर्ब १ करोड ७६ लाख रुपैयाँ (१०.८६ प्रतिशत), मधेश प्रदेशबाट १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ (९.०४ प्रतिशत), सुदूरपश्चिमबाट १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ (५.९ प्रतिशत) र कर्णालीबाट ५५ करोड २८ लाख रुपैयाँ (२.९८ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

सम्बन्धित समाचार