Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं , भदौ २८ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।  

आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्यूनतम २०३ रुपैयाँमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।  

निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार