Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
समाचार

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको  छ ।
 
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभए पनि पौडेलद्वयका अधिवक्ताले हिरासतभन्दा बाहिर रहेक मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए । 
 
सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
 
त्यस्तै, गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब रु ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो । 

सम्बन्धित समाचार