Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
बैंकवित्त

एनआईसी एशिया लघुवित्तद्वारा गण्डकी प्रदेश अन्तर्गतका २७ शाखाहरूको अर्धवार्षिक समिक्षा सम्पन्न

एनआईसी एशिया लघुवित्तद्वारा गण्डकी प्रदेश अन्तर्गतका २७ शाखाहरूको अर्धवार्षिक समिक्षा सम्पन्न

एनआईसी एशिया लघुवित्तद्वारा गण्डकी प्रदेश अन्तर्गतका २७ शाखाहरूको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौँ, १२ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरूको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीतिबारे बृहत छलफल भएको थियो । 

उक्त कार्यक्रम मा बोल्दै संस्थाका सञ्चालक समितीका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरूले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे । 

माघ ११ गते बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समितीका अध्यक्ष सुवर्ण ढकालको उपस्थिति थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धकहरूको उपस्थिती रहेको थियो । उक्त  कार्यक्रम  ल्यान्डमार्क होटेल पोखरामा बिहीबार सम्पन्न गरिएको थियो।

सम्बन्धित समाचार