Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१४ निर्जीवन बीमा कम्पनीहरुको ४ महीनाको व्यापार १४ अर्बमाथि, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

१४ निर्जीवन बीमा कम्पनीहरुको ४ महीनाको व्यापार १४ अर्बमाथि, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

अर्थ प्लस
१४ निर्जीवन बीमा कम्पनीहरुको ४ महीनाको व्यापार १४ अर्बमाथि, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

काठमाडौं , मंसिर १३ । नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ मा १४ अर्बबढी बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमालेख बिक्री गरी कुल १४ अर्ब ९ करोड ७२ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले कात्तिक मसान्तसम्ममा एक अर्ब ७७ करोड भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ९१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब ४६ करोड बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड बीमाशुल्क आर्जन गरेको छ । कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्सले चार महीनाकाे कात्तिक मसान्तसम्ममा  ४९ करोड ३ लाख आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् ।

सम्बन्धित समाचार