Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनआइसी एसिया बैंकले माघकाे लागि घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ने

एनआइसी एसिया बैंकले माघकाे लागि घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ने

एनआइसी एसिया बैंकले माघकाे लागि घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ने

काठमाडौं, २६ पुस । एनआइसी एसिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ ।

बैंकले लामो समय मुद्दति निक्षेपमा पैसा राख्ने बचत कर्ताको लागि उक्त ब्याज दिने घोषणा गरेको हो । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।

पुस महिनामा बैंकको मुद्दति अधिकतम ८.६७ ब्याज दिएको थियो । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५० प्रतिशत तोकेको छ ।

पछिल्लो सयम बैंकिङ क्षेत्रबाट कर्जा लगानी कम भइरहेको छ । साे कारण बैंक तथा वित्तीय संस्थामा उच्च तरलता छ । बैंकको ब्याजदर महँगो भएको कारण देखाउदै व्यवसायीले पनि कर्जा लिन कम गरेका छन । साे कारण बैंकहरुले गत साउन यता औसतमा ब्याजदर घटाउदै आइरहेका छन । माघ महिनाको लागि अन्य बैंकले पनि ब्याज घटाउने बैंकरहरु बताउँछन ।

सम्बन्धित समाचार