Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

युनियन मेवा हाइड्रो आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

युनियन मेवा हाइड्रो आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

अर्थ प्लस
युनियन मेवा हाइड्रो आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाडौँ, मंसिर २१ । युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

 

सम्बन्धित समाचार