Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित

नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित

अर्थ प्लस
नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाडौं, मंसिर २३ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको धनगढीस्थित होटल रुवसमा सुदूरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता थियो।

कम्पनीका सीईओ सुरेशप्रसाद खत्रीबाट पानसमा दीप प्रज्ज्वलन गर्दै शुभारम्भ गरिएको कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसैगरी यस प्रदेशबाट नेसनल रत्न हुने अभिकर्तालाई पनि नेसनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो।

कार्यक्रममा सीईओ खत्रीले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजनाअनुरुप सुदूरपश्चिम प्रदेशका अभिकर्तालाई सम्मान गरिएसँगै सीईओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताए। उनले सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्तालाई धन्यावाद तथा बधाइ दिए।

सीईओ खत्रीले अभिकर्ताहरुमाझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्य रहेको जानकारी दिए।

कार्यक्रममा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरुले सीईओ खत्रीबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।

सम्बन्धित समाचार