Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

आज काठमाडौँका यी स्थानमा बिजुली लाइन काटिदै

आज काठमाडौँका यी स्थानमा बिजुली लाइन काटिदै

अर्थ प्लस
आज काठमाडौँका यी स्थानमा बिजुली लाइन काटिदै

काठमाडौँ , पुस ५ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज (शुक्रबार) बिजुली लाइन सटडाउन गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म लाइन सटडाउन गर्ने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली सटडाउन गर्नुपर्ने जनाएको छ । 
साथै, फिडर सटडाउनका कारण स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। 

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै लाइन सुचारु हुने बताइएको छ । 

सम्बन्धित समाचार