Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

सर्वोच्चको आदेशपछि हिरासतमा रहेका दुर्गा प्रसाईंलाई छाड्ने तयारी

सर्वोच्चको आदेशपछि हिरासतमा रहेका दुर्गा प्रसाईंलाई छाड्ने तयारी

अर्थ प्लस
सर्वोच्चको आदेशपछि हिरासतमा रहेका दुर्गा प्रसाईंलाई छाड्ने तयारी

शुक्रबार, ०५ पुस २०८१
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यापारीलाई धम्क्याएको आरोपमा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी भएको छ ।

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई आज अदालतमा झिकाउन आदेश दिएको हो ।

दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले प्रसाईलाई रिहा गर्न आदेश दिएको हो ।

 

सम्बन्धित समाचार