Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कालिका लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

कालिका लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ प्लस
कालिका लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं, पुस ७ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते सोमबार, १५ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल टास्क इन्टरनेशनलको सभाहर, पोखरा, बुद्धचोकमा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार