Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

रविविरुद्ध आजदेखि थुनछेक बहसः धरौटीमा छाड्ने वा पूर्पक्षमा, आज टुंगो लाग्ला ?

रविविरुद्ध आजदेखि थुनछेक बहसः धरौटीमा छाड्ने वा पूर्पक्षमा, आज टुंगो लाग्ला ?

अर्थ प्लस
रविविरुद्ध आजदेखि थुनछेक बहसः धरौटीमा छाड्ने वा पूर्पक्षमा, आज टुंगो लाग्ला ?

पोखरा, पुस ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । 

बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । 

लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

सम्बन्धित समाचार