Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

अर्थ प्लस
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडाैं, पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् । मंगलबार नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा पर्यटनमन्त्री पाण्डेको जोड थियो । ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ,’ उनले भने, ‘देशको स्वरोजगारीमा अथवा जीडीपीमा न्युनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यी कथाहरू भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणवाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन ।’

पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जीडीपीमा न्युनतम मात्रै योगदान गरेको उनले बताए ।

सम्बन्धित समाचार