Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

बझाङको तलकोट गाउँपालिकामामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बझाङको तलकोट गाउँपालिकामामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्थ प्लस
बझाङको तलकोट गाउँपालिकामामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

शुक्रबार, पुस १९, २०८१

बझाङ – गएराति बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो।

शुक्रबार राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाड दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ।

दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार तीन यात्रुको घटनास्थलमै र आकृतिको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । आकृति बमबहादुर धामीकी छोरी हुन्।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

सम्बन्धित समाचार