Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ प्लस
जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं, पुस २३ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस विषयमा भएको सम्झौतामा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जस्मिन पेन्ट्स मनकामना समुहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार