Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

सूर्यदर्शन सहकारी प्रकरण : रास्वपाका शीर्ष नेताहरू कास्की जिल्ला अदालतमा, मुद्दाको आदेश आउने तयारी

सूर्यदर्शन सहकारी प्रकरण : रास्वपाका शीर्ष नेताहरू कास्की जिल्ला अदालतमा, मुद्दाको आदेश आउने तयारी

अर्थ प्लस
सूर्यदर्शन सहकारी प्रकरण : रास्वपाका शीर्ष नेताहरू कास्की जिल्ला अदालतमा, मुद्दाको आदेश आउने तयारी

बिहीबार, २५ पुस २०८१, 
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् ।

रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका कास्की अदालतमा आएका छन् । कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन् ।

अदालतको इजलासमा करिब २ घण्टादेखि आदेश लेखन चलिरहेको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । 

सम्बन्धित समाचार