Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार

साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार

अर्थ प्लस
साताकाे शेयर बजार ४३ अंकले परिसूचक बढ्दा ३० अर्बकाे काराेबार

काठमाडौं, पुस २७ । यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार सामान्य बढेर बन्द भएको थियो । आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ३२ अंकले बढेर २,५९१ दशमलव ५६ को बिन्दुमा बन्द भएको थियो । आइतबार सामान्य बढेको बजारमा सोमबार हरियाली छायो । त्यसदिन बजार ४९ दशमलव १२ अंकले बढेर २,६४० दशमलव ६८ को बिन्दुमा बन्द भयो ।

आइतबार र सोमबार बढेको बजारले मंगलबार पनि बढोत्तरीको क्रम जारी राख्यो । शेयर बजार मंगलबार सामान्य अर्थात् ६.१६ अंकले बढेर २६४६. ८४ को बिन्दुमा बन्द भएको थियो । बुधबार शेयर बजार ६ दशलमव ५३ अंकले बढेर २,६५३ दशमलव ३८ को बिन्दुमा कायम भएको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार बजार १८ दशमलव १४ अंकले घटेर २,६३५ दशमलव ०९ को बिन्दुमा कायम भएको थियो ।

कुन दिन कति कारोबार ?
आइतबार – ४ अर्ब ८६ करोड रुपैयाँ
सोमबार – ६ अर्ब ३० करोड रुपैयाँ
मंगलबार– ५ अर्ब ३८ करोड रुपैयाँ
बुधबार– ६ अर्ब ४० करोड रुपैयाँ
बिहीबार – ७ अर्ब ३० करोड रुपैयाँ

अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार ४ दशमलव ६३ अंकले बढ्दै बजार २५ सय ८६ दशमलव २३ को बिन्दुमा बन्द हुँदा ४ अर्ब ६० करोड रुपैयाँकाे काराेबार भएकाे थियाे । यो साता समग्रमा ३० अर्ब २४ कराेड रूपैयाँकाे काराेबार भएकाे छ । यस्तै, यो साता नेप्से परिसूचकमा ४३ दशमलव ५३ अंकको वृद्धि देखियाे । गत साता १५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियाे ।

सम्बन्धित समाचार