Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कजारिया रमेश टायल्स डिलर्स मिट तथा विजेता घोषणा सम्पन्न

कजारिया रमेश टायल्स डिलर्स मिट तथा विजेता घोषणा सम्पन्न

कजारिया रमेश टायल्स डिलर्स मिट तथा विजेता घोषणा सम्पन्न

२०८१ माघ ३ गते
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले डिलर्स भेटघाट सम्पन्न गरेको छ । नेपालभरबाट १०० धन्दा धेरै डिलरको सहभागितामा डिलर्स मिट कार्यक्रम सम्पन्न गरेको हो ।

कजारिया सिरेमिक्स लिमिटेड इन्डियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित डिलर मिट कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्सको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०×६० सेन्टिमिटर सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो । नेपालमा पहिलोपटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइन ल्याउनेछ ।

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेतासमेत घोषणा गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापान, १३ जना डिलरलाई थाइल्यान्ड र ६ जना डिलरलाई सिंगापुरका लागि भ्रमणको टिकट दिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार