Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

२०८१ माघ ७ गते

काठमाडौं। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले इच्छुक व्यक्तिहरूका लागि निर्जीवन बीमा अभिकर्ता बन्न आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।

माघ २० देखि माघ २३ सम्म काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुने तालिम बिहान १० देखि अपराह्न ४ बजेसम्म हुनेछ।

तालिममा कृषी, पशुपंक्षी र जडीबुटी बीमाका विषयमा समेत प्रशिक्षण प्रदान गरिनेछ। इच्छुकले १ हजार रुपैयाँ बुझाई नागरिकता, शैक्षिक प्रमाणपत्र र पासपोर्ट साइजको दुई फोटो सहित निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ।

संस्थागत रूपमा सहभागी हुन चाहने हकमा कुनै एक सञ्चालकले तालिम लिनुपर्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

सम्बन्धित समाचार