Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे १५ अर्बको  ट्रेजरी बिल बोलकबोल गर्ने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे १५ अर्बको  ट्रेजरी बिल बोलकबोल गर्ने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे १५ अर्बको  ट्रेजरी बिल बोलकबोल गर्ने

२०८१, माघ ७ गते

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ ९फ्रेस० ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र २८ दिन को लागि ट्रेजरी बिलमा बोलकबोल गर्दैछ । कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २।७९ प्रतिशत कायम भएको थियो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । 

सम्बन्धित समाचार