Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’

नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’

नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’

२०८१, माघ ९ गते

काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा.प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो । दुवै घुँडा दुखेर अस्पताल आएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो ।

प्रतिस्थापन शल्यक्रियामा संलग्न डा नेपालले बिरामीको अवस्था राम्रो रहेको र राम्रोसँग हिँड्न सक्ने भएको बताए । 
बिरामीका आफन्त कृष्ण देवकोटाले खिलकुमारीमा १० वर्षदेखि घुँडा दुख्ने समस्या रहेकोमा अहिले बढी दुख्न थालेपछि नर्भिक आएर डा.नेपालकहाँ जचाएको बताए । ‘बीचमा अरु अस्पतालमा जचाउँदा अप्रेशन गर्नुपर्छ भनिएको थियो, तर, खर्च बढी लाग्ने देखिएको र अप्रेशन गर्न पनि डर लाग्ने भएपछि औषधि खाएर बसिएको थियो,’ देवकोटाले भने, ‘अहिले बढी दुख्न थालेपछि नर्भिक आयौं ।’

उनले थेरापीपछि बिरामी अहिले सामान्य तरिकाले हिँडडुल गर्न सक्ने भएको पनि बताए। 
 

सम्बन्धित समाचार