Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

महानगर यातायातले थप्यो ४० वटा बस 

महानगर यातायातले थप्यो ४० वटा बस 

महानगर यातायातले थप्यो ४० वटा बस 

२०८१,माघ १० गते

महानगर यातायातल प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ।२० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो। यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ।

यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए।यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्छन्, उनले भने। 

नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको बताएको छ।

कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।

'परीक्षणको लागि दश वटा विद्युतीय बस बुकिङ गरिसक्यौं', उनले भने,यो सफल भयो भने एक वर्षभित्र ५० वटा बस सञ्चालनमा ल्याउने योजना छ। कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ।

त्यससँगै आइपिओ समेत जारी गर्ने बताएको छ। महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ।

सम्बन्धित समाचार