Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्षका वकिलको बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्षका वकिलको बहस जारी

अर्थ प्लस
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्षका वकिलको बहस जारी

शुक्रबार, ११ माघ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रवि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका रजिस्ट्रार यज्ञमुर्ति ज्ञवालीका अनुसार रविको पक्षबाट ८ जना कानुन व्यवसायीले बहस गर्न नाम टिपाएकोमा अहिलेसम्म दुई जनाले बहस गरेका छन् । प्रतिवादी पक्षको बहस सकिएपछि वादी र प्रतिवादी दुवैतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।

इजलासमा शुक्रबार नै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए । उनले बहसमा बचतकर्ताहरूले दुःख गरेर जम्मा गरेको रकम रवि लगायतका प्रतिवादीले दुरुपयोग गरेको आरोप लगाएका थिए । बचतकर्ताको रकम जसरी भए पनि मिलेर खाने उद्देश्यले प्रतिवादीहरूको भूमिका देखिएको उनको जिकिर थियो ।

बिहीबार ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बिहीबार नै बहस गरेका थिए ।

बुधबार रविको बयान सकेर बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहस शुक्रबार साँझसम्म टुङ्गिन्छ या टुङ्गिँदैन भन्ने यकिन छैन ।

 

सम्बन्धित समाचार