Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसम पूर्वानुमानः हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

आजको मौसम पूर्वानुमानः हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

अर्थ प्लस
आजको मौसम पूर्वानुमानः हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

काठमाडौं, माघ १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै बागमती ,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । यसैगरी सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

सम्बन्धित समाचार